- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।
काठमाडौं: सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ ।
वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल समेतका देशहरूमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।
विभागले इराकबाहेक अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृती (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’