नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै

४ बैसाख, २०८३, शुक्रवार
सारांश
  • नयाँ नियमअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ, जुन यसअघि १० प्रतिशत रहेको थियो ।

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारदेखि नयाँ व्यवस्था लागू गरेको  छ । 

 

नयाँ नियमअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ, जुन यसअघि १० प्रतिशत रहेको थियो ।

 

त्यस्तै, कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि र नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनको बाँकी सबै कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।

 

नेप्सेले नेपाल धितो पत्र बोर्डको स्वीकृतिमा धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ कार्यान्वयनमा ल्याउन साबि धितोपत्र कारोबार सदस्यहरुलाई निर्देशन दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार