चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

२०८२ चैत्र २९ आइतवार
सारांश
  • निर्वाचनबाट राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ सञ्चालक पदमा निर्विरोध चयन भएका छन् ।

काठमाडौं: चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।


हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।

 

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।


निर्वाचनबाट राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ सञ्चालक पदमा निर्विरोध चयन भएका छन् । सभामा अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।

 

एक होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले विभिन्न सम्भावित क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गरिरहेको छ । कम्पनीको लगानी रहेका संस्थाहरूमा इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायत रहेका छन् । आइपीओ निष्कासन पश्चात संकलित पूँजीलाई थप उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार