उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

२६ चैत्र, २०८२, बिहिवार
सारांश
  • महासंघले यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेका बेला पाटन उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन अनिश्चित बनेको हो ।

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित बनेको छ । महासंघले यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेका बेला पाटन उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन अनिश्चित बनेको हो ।

 

महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेउवा महासंघमा अवैधानिक ढंगबाट सदस्य थपिएको भन्दै निर्वाचसहितको वार्षिक साधारण रोक्न माग गर्दै उच्च अदालतमा दायर रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न आदेश दिएका छन् ।

 

योसंगै महासंघको साधारण सभा र निर्वाचन अनिश्चित बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार