सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं- अर्थमन्त्री वाग्ले

२३ चैत्र, २०८२, सोमवार
सारांश
  • सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् ।

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् ।

 

सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् । उनले पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।

 

अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको बताए । उनले सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गरेको बताए ।

 

भेटमा एसोसिएसनका प्रतिनिधिहरुले हाल बजारमा गलत हल्ला फैलाइएको, शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने अफवाह फैलाइरहेकोप्रति अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार