निजी क्षेत्रले कामका लागि घुस खुवाउनु पर्दैन- अर्थमन्त्री डा. वाग्ले

१६ चैत्र, २०८२, सोमवार
सारांश
  • सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब कामका लागि घुस खुवाउनुपर्ने अवस्था नहुने बताएका हुन् ।

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउनु नपर्ने बताएका छन् ।

 

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब कामका लागि घुस खुवाउनुपर्ने अवस्था नहुने बताएका हुन् ।

 

उनले भने- 'म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।'

 

सो अवसरमा अर्थमन्त्री डा. वाग्लेले उद्योगीहरूलाई लगानी र रोजगारी बढाउनमा केन्द्रित हुन समेत आग्रह गरे । निजी क्षेत्रलाई कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पर्दै उनले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै आर्थिक बेइमानीमा आर्थिक जरिवानाको नीतिमा जाने स्पष्ट गरेका थिए । 

 

उनले अब उद्योगी व्यापारीहरूले सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु नपर्ने भन्दै अब दण्डको स्वरूप बदल्ने बताएका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार