नेप्सेमा आज ४७.७१ अंकको गिरावट, १२ अर्ब ९६ करोडको कारोबार

१६ चैत्र, २०८२, सोमवार
सारांश
  • आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

 

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ ।

 

आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सोलु हाइड्रोको शेयर ७.७९ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार