- कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
काठमाण्डौ, १० चैत्र । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो ।
कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ ।
त्यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीयका लागि चैत २४ सम्म ९आवश्यक परे वैशाख ९ सम्म० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।