विभागले भन्यो- ‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’

२०८२ चैत्र ०३ मङ्गलवार
सारांश
  • विभागले ग्यासको अवैध कारोबारबारे कुनै जानकारी भए तत्काल टोल फ्री नम्बर ११३७ मा निःशुल्क फोन गरेर सूचना दिन आम उपभोक्तालाई अनुरोध गरेको छ।

खाना पकाउने एलपी ग्यासको अवैध कारोबार, लुकाउने र बढी मूल्य लिने कार्य बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा निगरानी थालेको छ।

 

विभागले ग्यासको अवैध कारोबारबारे कुनै जानकारी भए तत्काल टोल फ्री नम्बर ११३७ मा निःशुल्क फोन गरेर सूचना दिन आम उपभोक्तालाई अनुरोध गरेको छ।

 

अन्तर्राष्ट्रिय बजारको बहाना बनाएर बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो बढेपछि विभागले अनुगमनलाई तीव्र बनाएको हो। नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा सहज आपूर्ति नभएको पाइएको छ।

 

यसैक्रममा विभागले सोमबार ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। उक्त उद्योगले ६ हजार ३७७ थान भरिएका सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला परेको थियो। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै अनुचित व्यापारिक क्रियाकलाप गर्ने जो कोहीलाई नछोड्ने चेतावनी दिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार