नेप्से २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, ०२ चैत्र । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४५ कम्पनिका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६  लाख ९६ हजार ८८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज  सालपा विकास बैंक, रिलायन्स स्मिनिंग मिल्स, अपर हेवा खोला हाइड्रो र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको शेयर ४.३९ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको शेयरमा ६८ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ६६ करोड १४ लाखको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार