किन हुँदैछ विश्वव्यापी चिनीको मूल्यमा तीव्र गिरावट ?
२०८२ चैत्र ०१ आइतवार
- ब्राजिलबाट चिनीको अत्यधिक आपूर्तिले विश्वव्यापी चिनीको मूल्यमा तीव्र गिरावट आएको छ ।
काठमाण्डौ, ०१ चैत्र । ब्राजिलबाट चिनीको अत्यधिक आपूर्तिले विश्वव्यापी चिनीको मूल्यमा तीव्र गिरावट आएको छ ।
रिपोर्ट अनुसार, २०२६ को चिनी सिजनमा अन्तर्राष्ट्रिय चिनीको मूल्यमा तिब्र गिरावट आउनुमा मुख्यतया ब्राजिलबाट विश्वव्यापी बजारमा आपूर्ति बढेको कारण हो ।
तथ्याङ्क अनुसार, फेब्रुअरी २०२६ मा कच्चा चिनीको मूल्य प्रति मेट्रिक टन ३१३ डलरमा झरेको छ, जुन फेब्रुअरी २०२५ मा प्रति मेट्रिक टन ४४५ डलर थियो । त्यस्तै गरी, सेतो चिनीको मूल्य पनि एक वर्ष अघि प्रति मेट्रिक टन ५३२ डलरबाट घटेर फेब्रुअरी २०२६ मा प्रति मेट्रिक टन ४०८ डलरमा झरेको छ । यसैबीच, फेब्रुअरी २०२६ मा सेतो र कच्चा चिनी बीचको प्रिमियम प्रति मेट्रिक टन ९५ डलर थियो, जुन फेब्रुअरी २०२५ मा प्रति मेट्रिक टन ८७ डलर रहेको थियो ।
प्रतिवेदन अनुसार, २०२५-२०२६ को चिनी सिजनमा विश्वव्यापी चिनी उत्पादन १८९.३ मिलियन मेट्रिक टन हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा लगभग ५ प्रतिशतले बढी हो । यसको विपरित, विश्वव्यापी खपत १७८.१ मिलियन मेट्रिक टन हुने अनुमान गरिएको छ, जुन वार्षिक आधारमा लगभग १ प्रतिशतले बढी हो । यसको अर्थ उत्पादन र उपभोग बीचको बढ्दो खाडलले विश्व बजारमा बढी आपूर्ति सिर्जना गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।