नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार

२०८२ फागुन २७ बुधवार
सारांश
  • नेप्सेमा आज पनि गिरावट आएको छ । बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६. ५७ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, २७ फाल्गुण । नेप्सेमा आज पनि गिरावट आएको छ । बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६. ५७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२९ कम्पनिका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९. ३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कालिका पावरको शेयर ८.४७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५१ करोड २९ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ४९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार