राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त
२०८२ फागुन २६ मङ्गलवार
- हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेकाले उनीहरू सबै डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धी मानिएका छन् ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त भएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद खाली भएको हो । उनीहरू २०७७ फागुन २७ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।
पद रिक्त भएपछि नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।
हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेकाले उनीहरू सबै डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धी मानिएका छन् ।
यसैबीच गभर्नर विश्वनाथ पौडेलले सिफारिसको तयारी गरेको बताइएको छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा अहिलेको सरकारले नियुक्ति गर्ने वा नयाँ सरकारलाई छोड्ने भन्ने विषयमा चासो बढेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’