सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
२०८२ फाल्गुण १६ शनिवार
- चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
काठमाण्डौ, १६ फाल्गुण । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।
प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा दाबी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने १.२१ प्रतिशतले बढेको देखिएको छ ।
निर्जीवन बिमा क्षेत्रमा भने दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी रकम ३२.३० प्रतिशतले वृद्धि भई १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार गत भदौमा भएको आन्दोलन र असोजमा आएको विनाशकारी बाढी–पहिरोका कारण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि निर्जीवन बिमातर्फ दाबी र भुक्तानी दुवै ह्वात्तै बढेको हो ।
अझै ५५ अर्बभन्दा बढी दायित्व बाँकी
कम्पनीहरूले ठूलो रकम भुक्तानी गरिसके पनि अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब ५० अर्ब १५ करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । विशेषगरी असोजको प्राकृतिक विपत्तिसँग सम्बन्धित ठूला दाबीहरूको प्राविधिक मूल्याङ्कन प्रक्रिया जारी रहेकाले बाँकी दायित्व उच्च देखिएको प्राधिकरणले जनाएको छ । हाल १ लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरू प्रक्रियामै रहेको जनाइएको छ ।
बिमा क्षेत्रमा बढ्दो दाबी भुक्तानीले एकातिर सेवा पहुँच र दाबी व्यवस्थापन क्षमता बढेको संकेत गरे पनि प्राकृतिक विपत्तिको जोखिमले निर्जीवन बिमा क्षेत्रमा वित्तीय दबाब बढाएको देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।