विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन
११ फाल्गुन, २०८२, सोमवार
- अनुगमनमा तालचोक–बेगनास सडक, शिशुवा–शिसाघाट सडक तथा दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुडिँटार–झिगटे–तगारेगौडा–तल्लोगगनगौडा सडक स्तरोन्नति आयोजनाको अवस्था अवलोकन गरिएको थियो ।
पोखरा: विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालन भइरहेका विभिन्न सडक स्तरोन्नति आयोजनाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि विश्व बैंक र परियोजना समन्वय इकाइ (पीसीओ)को टोलीले आयोजना प्रगति, निर्माण अवस्था तथा स्थानीय समस्याबारे छलफल गरेको हो ।
अनुगमनमा तालचोक–बेगनास सडक, शिशुवा–शिसाघाट सडक तथा दोबिल्ला–बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुडिँटार–झिगटे–तगारेगौडा–तल्लोगगनगौडा सडक स्तरोन्नति आयोजनाको अवस्था अवलोकन गरिएको थियो ।
टोलीका अनुसार तालचोक–बेगनास सडक स्तरोन्नतिको अधिकांश काम अन्तिम चरणमा पुगेको छ। शिशुवा–शिसाघाट सडकखण्डअन्तर्गत खुदीखोलासम्मको निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ। यस्तै, दोबिल्ला–बाघमारा हुँदै तल्लोगगनगौडासम्मको सडक स्तरोन्नति कार्यको प्रगति सन्तोषजनक रहेको मूल्याङ्कन गरिएको छ ।
अनुगमनका क्रममा नगर प्रमुख धनराज आचार्यले आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न महानगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिए । उनले स्थानीय समस्या समाधान गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए ।
छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका उपनिर्देशक सविन कर्माचार्य, विश्व बैंकका प्रतिनिधि रेखा श्रीस, अमेन राज, वसन्त पौडेल, पीसीओका विनोद पन्त, परियोजनाका प्राविधिक टोली तथा सम्बन्धित इन्जिनियरहरूको सहभागिता रहेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।