नेप्सेमा गिरावट, ७ अर्ब ९४ करोडको कारोबार

२०८२ फाल्गुण ०४ सोमवार
सारांश
  • नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२. ९१ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, ०४ फाल्गुण । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२. ९१ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३५ कम्पनिका एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज बुद्ध भुमि नेपाल हाइड्रो, रिलायन्स स्मिनीङ मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपर साङ्गे हाइड्रोको ८.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज खानी खोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.३८  प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ३ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५२ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार