५५ वर्षपछि सिद्धार्थ राजमार्गको मुहार फेरिँदै : स्तरोन्नतिका लागि एआइआइबीले दियो अनुदान
२०८२ माघ २५ आइतवार
- यसअघि २०१७ मा विश्व बैंकको सहयोगमा डिपिआर बने पनि लगानी नजुट्दा काम अघि बढ्न सकेको थिएन।
५५ वर्षअघि निर्माण भएको सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल खण्ड) अब ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति हुने भएको छ। यस परियोजनाका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले २० लाख डलर (करिब २६ करोड रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराएको छ।
गत ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै सडक विभागले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने प्रक्रिया अघि बढाएको छ। डिपिआर तयार भएपछि निर्माण कार्यका लागि एआइआइबीले नै ऋण लगानी गर्ने गरी समानान्तर छलफल भइरहेको छ। सन् १९७१ मा निर्माण सम्पन्न भएको यो राजमार्ग हाल ५.५ देखि ६ मिटर मात्र चौडा छ, जसका कारण बढ्दो सवारी चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
नयाँ योजनाअनुसार १५८ किलोमिटर लामो यो खण्डलाई अत्याधुनिक बनाइनेछ। पहाडी भूभागको घुम्ती कम गरी सडकको लम्बाइ छोट्याउन विभिन्न स्थानमा साना सुरुङमार्ग र ३८ वटासम्म ‘भायाडक्ट’ (पुलजस्तो संरचना) निर्माण गर्ने प्रस्ताव गरिएको छ। यसअघि २०१७ मा विश्व बैंकको सहयोगमा डिपिआर बने पनि लगानी नजुट्दा काम अघि बढ्न सकेको थिएन।
पश्चिम नेपालको व्यापार, पर्यटन र आर्थिक गतिविधिका लागि मेरुदण्ड मानिने यो राजमार्गको स्तरोन्नतिले समग्र क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। सडक विभागले एआइआइबीसँग वित्तीय सहकार्य गर्न लागेको यो पहिलो पटक हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।