- आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरूले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरे।
उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो-भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताए। आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरूले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ।
पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए। आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारीबमोजिम छिटो सम्पन्न गर्न सम्भव भएको बताए।
अब दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम तिव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।