विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक: इप्पान अध्यक्ष कार्की
२०८२ माघ १८ आइतवार
- अध्यक्ष कार्कीले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्ने आवश्यकता औंल्याउँदै निजी लगानीको सुरक्षा सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे ।
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको खपत, व्यापार र निर्यातका स्पष्ट योजना राज्यसँग नदेखिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजना गरिएको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले विद्युत् उत्पादन मात्र पर्याप्त नहुने र खपत तथा निर्यातको रणनीति अनिवार्य रूपमा तय गर्नुपर्नेमा जोड दिए । उनले दलहरूले घोषणापत्रमार्फत उत्पादित विद्युत्को खपत, निर्यात र व्यापारसँग सम्बन्धित नीतिहरू सुधार गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
“विद्युत् उत्पादन मात्र गरेर हुँदैन, खपतका योजना चाहिन्छ,” कार्कीले भने, “निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किनिदिने व्यवस्था हुनुपर्छ, अन्यथा लाइसेन्स फिर्ता दिने स्पष्ट नीति ल्याउनुपर्छ ।”
अध्यक्ष कार्कीले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्ने आवश्यकता औंल्याउँदै निजी लगानीको सुरक्षा सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे । उनका अनुसार निजी क्षेत्रलाई अवसर र संरक्षण दुवै दिएमा ऊर्जा क्षेत्रमा लगानी थप बढ्ने र राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुग्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।