सुन तोलाको ९५ सयले बढ्यो, चाँदीपनि आकाशियो

२०८२ माघ १४ बुधवार
सारांश
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४३० रुपैयाँले बढेर तोलाको ७३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ६८७०  रुपैयाँमा कारोबार भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार