अन्तरिम सरकारलाई नीतिगत सुधार गर्ने अवसर छ: अध्यक्ष ढकाल
२०८२ माघ १२ सोमवार
- उनले अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालको कार्यशैलीको प्रशंसा गर्दै उनको नेतृत्वमा सकारात्मक काम भइरहेको समेत बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई देशको आर्थिक एवं नीतिगत सुधार गर्ने सुनौलो अवसर रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दलीय सरकारको तुलनामा गैरदलीय (अन्तरिम) सरकारले दृढताका साथ नीतिगत परिवर्तन गर्न सक्ने धारणा राखे। "विगतमा दलीय सरकारहरूमा हुने राजनीतिक खिचातानीका कारण महत्त्वपूर्ण नीतिगत निर्णयहरू समयमै हुन सकेनन्," ढकालले भने, "अहिलेको सरकारलाई त्यस्तो दबाब नभएकाले सुधारका लागि यो सही समय हो।"
उनले अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालको कार्यशैलीको प्रशंसा गर्दै उनको नेतृत्वमा सकारात्मक काम भइरहेको समेत बताए। यसै क्रममा ढकालले भन्सार राजस्व संकलन गर्दा उद्यमशीलताको विकासमा बाधा नपुग्ने गरी नीति बनाउन सरकारलाई आग्रह गरे। साथै, होटल र पर्यटन क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिए पनि व्यवहारमा उद्योगहरूले पाउने सरहको सुविधा प्राप्त हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।