नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि १० कम्पनीको प्रतिस्पर्धा: चैतभित्र परीक्षण सुरु गर्ने तयारी
२०८२ माघ ११ आइतवार
- यसका लागि करिब १५० कर्मचारी परिचालन गरिनेछ । संकलित टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।
काठमाडौं: नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा सेवा प्रदायक कम्पनीले बोलपत्र पेस गरेका छन् । आयोजनाका अनुसार हाल सहभागी कम्पनीहरूको प्राविधिक मूल्यांकन भइरहेको छ, जुन १५ माघभित्र सकिनेछ ।
आयोजना निर्देशक सौजन्य नेपालले १५ फागुनभित्र आर्थिक प्रस्तावको मूल्यांकन सकेर फागुन अन्तिमसम्ममा छानिएको कम्पनीसँग सम्झौता गरिने बताए । "सम्झौता भएलगत्तै जनशक्तिलाई तालिम दिएर चैतभित्र परीक्षणका रूपमा सुरुङ सञ्चालन गर्ने हाम्रो तयारी छ," उनले भने ।
प्रतिस्पर्धामा सहभागी १० विदेशी कम्पनीहरूमा ६ चिनियाँ, ३ भारतीय र १ टर्किस छन् । यी सबैले नेपाली कम्पनीसँग अनिवार्य ‘जोइन्ट भेन्चर’ (JV) गरेका छन् । छानिने कम्पनीले ५ वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, उद्धार र टोल संकलनको जिम्मा पाउनेछन् । यसका लागि करिब १५० कर्मचारी परिचालन गरिनेछ । संकलित टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार सुरुङ निर्माणको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब टोल प्लाजा निर्माण र धादिङतर्फको पहिरो व्यवस्थापन मात्र बाँकी छ । पहिरो रोकथाम र अन्य खर्चका लागि जापान सरकार (जाइका) सँग थप ५.५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो रकम थपिएपछि सुरुङ निर्माणमा जापानको कुल ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ ।
सञ्चालन निर्देशिका अनुसार सुरुङमा पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । सुरुङ सञ्चालनमा आएपछि मालवाहक सवारीको ३० देखि ३५ मिनेट समय बचत हुनेछ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यस सुरुङको मुख्य लम्बाइ २,६८८ मिटर छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।