- उनले अहिले केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तर सम्बन्धी परीक्षणको काम करिब सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।
काठमाडौं: अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे ।
उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा केही समस्या रहेको छ भन्ने कुरा गरिरहँदा वित्तीय क्षेत्र त्यति कमजोर चाँही छैन । कमजोर नहुँदा नहुँदै पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वभाविक हो । त्यस कारण अहिले केही बैंकहरुको सम्पत्तिको गुणस्तर कर्जाको गुणस्तरको सम्बन्धमा परीक्षण गर्ने काम करिब करिब सम्पन्न हुने क्रममा छ ।’
उनले अहिले केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तर सम्बन्धी परीक्षणको काम करिब सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।
अर्थमन्त्री खनालले राष्ट्रिय वाणिज्य बैंकको अवस्थाबारे चर्चा गर्दै बैंकको स्थिति त्यति खराब नरहेको बताए । बैंकको खराब कर्जाको स्तर अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा केही घटेको र यो अवस्था अत्यन्तै चिन्ताजनक नभएको उनले बताए ।
उनले भने, ‘हामीले सुने अनुसार राष्ट्रिय वाणिज्य बैंकको अवस्था त्यति खराब पनि छैन । वाणिज्य बैंकको खराब कर्जाको स्तर चाँही विगतको तुलनामा केही खस्किएको छ । त्यो ज्याँदै चिन्ताजनक अवस्थामा होइन । सुधार गर्न सकिने अवस्थामा छ । बैंकसँग भएको पूँजीको प्रर्याप्त उपयोग गर्न सकिएको छैन, लगानीका नयाँ अवसरहरु खोज्न सकिएको छैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।