सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल

२०८२ माघ ०७ बुधवार
सारांश
  • अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । 

 

निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।

 

सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारीमा थिए ।

 

अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व र सुदृढ अर्थतन्त्र निर्माणका लागि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए ।

 

त्यसैगरी, सोही दिन बसेको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ । गोयल र नेपाल दुवै अनुभवी बैंकरका रूपमा परिचित छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार