नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्म २ खर्ब १४ अर्ब ५५ करोड (३६.०२ प्रतिशत) प्राप्त गरेको छ।

नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १ खर्ब ३२ अर्ब ३४ करोड ऋण थपिँदा कुल ऋण भार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत पुगेको हो।


सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमा वैदेशिक हिस्सा ५३ प्रतिशत (१४ खर्ब ८७ अर्ब २६ करोड) र आन्तरिक हिस्सा ४७ प्रतिशत (१३ खर्ब १९ अर्ब १३ करोड) छ। जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.६० र बाह्य ऋण २४.३५ प्रतिशत रहेको छ।


सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्म २ खर्ब १४ अर्ब ५५ करोड (३६.०२ प्रतिशत) प्राप्त गरेको छ। यस अवधिमा संकलित ऋणमा आन्तरिकको हिस्सा ८२.८१ र बाह्यको १७.१९ प्रतिशत छ। ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणको लक्ष्यमा १ खर्ब ७७ अर्ब ६६ करोड र २ खर्ब ३३ अर्ब बाह्य ऋणको लक्ष्यमा ३६ अर्ब ८९ करोड मात्र संकलन भएको छ।


ऋणको साँवा-ब्याज भुक्तानीमा ६ महिनामा १ खर्ब ८७ अर्ब १२ करोड खर्च भएको छ। सरकारले यस वर्षका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेको थियो। भुक्तानीमध्ये आन्तरिकतर्फ १ खर्ब ५५ अर्ब र बाह्यतर्फ ३१ अर्ब ९९ करोड खर्च भएको छ। कुल भुक्तानीमा १ खर्ब ५२ अर्ब ८९ करोड साँवा र ३४ अर्ब २३ करोड रुपैयाँ ब्याज रहेको कार्यालयले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार