नेप्सेमा ४२.२६ अंकको वृद्धि, ११ अर्ब ८५ करोडको कारोबार

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • आज गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्खु खोला जलविद्युतको शेयर ८.१३ प्रतिशतले बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । मंगलबार नेप्से ४२.२६ अंकले बढेर २४१४.८१ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३९ कम्पनिका २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर ११ अर्ब ८५  करोड ८४ लाख २१ हजार ७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्खु खोला जलविद्युतको शेयर ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै आज एसबिएल डिभेन्चरको शेयर सबै भन्दा बढी ४.२३ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३९ करोड ३ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार