एनएमबिको नयाँ सेवा: देशभरका एटीएमबाट निःशुल्क पैसा झिक्न सकिने
२०८२ माघ ०६ मङ्गलवार
- यात्रा र आधुनिक जीवनशैलीलाई प्राथमिकता दिने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड विशेष उपयोगी हुने बैंकको दाबी छ ।
बैंकिङ सेवालाई अझ परिष्कृत बनाउँदै एनएमबि बैंकले आफ्ना ग्राहकका लागि दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ मार्फत ग्राहकलाई विश्वस्तरीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस सुविधा अन्तर्गत ग्राहकले विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा विशेष छुट र अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलका लाउन्जहरूमा सहज पहुँच पाउनेछन् । यात्रा र आधुनिक जीवनशैलीलाई प्राथमिकता दिने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड विशेष उपयोगी हुने बैंकको दाबी छ ।
यो कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभित्रका कुनै पनि बैंकको एटीएम बुथबाट बिना शुल्क पैसा झिक्न सक्नेछन् । साथै, भारतीय एटीएम प्रयोग गरी नगद झिक्दा समेत विशेष सहुलियत प्रदान गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’