नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४७ करोडको कारोबार
२०८२ पुष २८ गते सोमवार
- आज विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्से आज सामान्य घटेको छ । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानल र श्रीनगर एग्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोको शेयर ८.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४२ करोड २२ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३१ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’