नेप्से सामान्य करेक्सन, ४ अर्ब ९० करोडको कारोबार

२०८२ पुष २४ गते विहीवार
सारांश
  • आज ३२८ कम्पनिका एक करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ : नेप्से आज सामान्य करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२८ कम्पनिका एक करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज सान्भी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको शेयर ५.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ३.९०  प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २० करोड ६ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार