राजनीतिक लक्ष्य प्राप्तीका लागि सरकारले ठेक्का तोड्दैछ : अध्यक्ष सिंह
२०८२ पुष २१ सोमवार
- त्यस्तै उनले निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना नहुने धारणा राखे ।
काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक लक्ष्य प्राप्तीका लागिमात्र सरकारले ठेक्का तोडेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार महासंघ सेजनले आयोजना गरेको पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक लक्ष्य प्राप्तीका लागि ठेक्का जसरीपनि तोड्ने अभिव्यक्ति दिएको आरोप लगाए ।
उनले भने,‘कुनै निर्माण कम्पनीले काम गर्न सकेन, असक्षम भयो भने ठेक्का अन्त्य हुनुपर्छ । तर ठेक्का अन्त्य गर्दैगर्दा न्यायोचित हुनुपर्छ । कतिपय ठेक्काहरु सम्पन्न गर्न भन्दापनि प्रभावित गर्न निकालिएको हुन्छ । राजनीतिक नेतृत्वले आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई आकर्षित गर्नको लागि ठेक्काहरु निकाल्ने प्रवृत्ति छ । जुन प्रवृत्ति मौलाउने बहुवर्षिय योजनाहरुमा न्यून रकम राखेर ठेक्का निकाल्ने प्रवृत्तले हो । अहिलेका मन्त्रीज्यूले जेसुकै होस् म ठेक्का अन्त्य गर्छु भन्नुहुन्छ । एक सय दिन नाघिसकेको सरकार छ । यसको मूल उद्देश्य राजनीतिक लक्ष्य प्राप्ती मात्र हो ।’
त्यस्तै उनले निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना नहुने धारणा राखे । मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गरेर आफूलाई प्रचार गरिएको उनको भनाई छ ।
‘उहाँ उपसभापतिको पद सम्हालेर बस्नुभएको छ । पार्टीको नेतृत्वविहीन सरकार, जेनजीको नेतृत्व गर्ने सरकारले कसरी आफ्नै पार्टीको प्रचार गर्ने र हरेक साइडमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गर्ने र धर्तीमा पनि रहन पाउँदैन् भन्ने अभिव्यक्ति दिएर आफूलाई प्रचार गर्नुभएको छ । निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना हुँदैन्’उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।