बुटवल–लमही ४०० केभी प्रसारण लाइनको वातावरणीय अध्ययन सुरु
२०८२ पुष १८ शुक्रवार
- लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्ला भएर जाने यस प्रसारण लाइनको लम्बाई १६१ किलोमिटर रहनेछ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) प्रतिवेदन तयार पार्न लागेको छ। यसका लागि प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले परामर्शदाताको रूपमा काम गरिरहेको छ।
लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्ला भएर जाने यस प्रसारण लाइनको लम्बाई १६१ किलोमिटर रहनेछ। आयोजनाको क्षेत्राधिकार (राइट अफ वे) ४६ मिटर प्रस्ताव गरिएको छ भने यसअन्तर्गत ४०५ वटा टावर र दाङको लमहीमा ठूलो क्षमताको सबस्टेसन निर्माण हुनेछ।
प्राधिकरणले बिहीबार सूचना जारी गर्दै आयोजनाबाट प्रभावित क्षेत्रको प्राकृतिक, सामाजिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने प्रभावबारे ७ दिनभित्र लिखित राय–सुझाव दिन सरोकारवालाहरूलाई आह्वान गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।