- आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्से आज दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३६ कम्पनिका एक करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज ग्लोबल आइएमई सम्मुन्नत योजना- २ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड ४१ लाख कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ८० लाखको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’