निजी क्षेत्रको सुरक्षाका लागि विशेष रणनीति ल्याउन जरुरी: अध्यक्ष ढकाल
२०८२ पुष १६ बुधवार
- उनले निजी क्षेत्रले करिब ५५ लाखलाई रोजगारी दिएको स्मरण गराउँदै सरकारले मात्र रोजगारी सिर्जना गर्न असम्भव रहेको बताए ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन 'निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति' तत्काल पारित गरी कार्यान्वयनमा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । राजधानीमा आयोजित 'राष्ट्रिय आर्थिक बहस' कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्र अहिले इतिहासकै कठिन मोडमा रहेको बताएका छन् ।
अध्यक्ष ढकालले हालैका आन्दोलनहरूमा भएको घुसपैठ, आगजनी र तोडफोडका कारण निजी क्षेत्रले करिब ८१ अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको जानकारी दिए । उनले भने, "लगानी नभई रोजगारी हुँदैन र रोजगारी नभई आयस्तरमा सुधार आउँदैन । अहिले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा छ, जसले पुँजी पलायनको जोखिम बढाएको छ ।"
महासंघका अध्यक्ष ढकालले उद्योग, कलकारखाना र व्यावसायिक प्रतिष्ठानहरूलाई 'आक्रमण निषेधित क्षेत्र' घोषणा गर्न र व्यावसायिक सुरक्षाका लागि छुट्टै हटलाइन तथा 'द्रुत सुरक्षा दस्ता' तयार गर्न सरकारलाई आग्रह गगरेका छन् । साथै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा निजी सम्पत्ति र सार्वजनिक सेवा प्रतिष्ठानमा लुटपाट गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन पनि माग गरेका छन् ।
"के ऋणधन गरेर लगानी गर्ने व्यवसायीले नाफाको अपेक्षा गर्नु अपराध हो ?" भन्दै ढकालले निजी क्षेत्रप्रति समाजमा रहेको नकारात्मक दृष्टिकोण बदल्न आवश्यक रहेको उल्लेख गरे । उनले निजी क्षेत्रले करिब ५५ लाखलाई रोजगारी दिएको स्मरण गराउँदै सरकारले मात्र रोजगारी सिर्जना गर्न असम्भव रहेको बताए ।
कार्यक्रममा उपस्थित प्रधानमन्त्री र मन्त्रीहरूलाई सम्बोधन गर्दै ढकालले आर्थिक मुद्दालाई सबै राजनीतिक दलको साझा एजेन्डा बनाउनुपर्नेमा जोड दिए । 'निजी क्षेत्र समृद्धिको सारथी हो' भन्ने नारालाई आत्मसात गर्दै आगामी निर्वाचनले राजनीतिक स्थायित्व दिने र व्यावसायिक वातावरण सहज बन्नेमा महासंघले विश्वास व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’