नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

२०८२ मङ्सिर २२ सोमवार
सारांश
  • आज हाइड्रो, जीवन बीमा, उत्पादन, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६. ६७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३१ कम्पनिका एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ मा कारोबार भएको थियो । आज हाइड्रो, जीवन बीमा, उत्पादन, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज अपर श्यांगे हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सको शेयर ५.१६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५५ करोड ८६ लाख कारोबार भएको छ भने  सागर डिस्टिलरीको २३ करोड ९७ लाखको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार