२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२०८२ मङ्सिर २१ आइतवार
- अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ ।
काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।
अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।
आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।
यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यसदिन कारोारमा आएका धेरै स्टकहरुको कारोबार नकारात्मक भएपनि बंष्गल हाइड्रोको शेयर मूल्य भने सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रोको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।