नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार

२०८२ मङ्सिर ११ विहिवार
सारांश
  • आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो ।

काठमाडौँ : नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो ।

 

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

 

आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ७.७८ प्रतिशतले घटेको छ । 

 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड १७ लाखको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १६ करोड ३६ लाख बराबर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार