- जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् ।
रामेछाप : जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् ।
जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् ।
खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ ।
फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ । तर खड्का अहिले किवी बेच्ने योजनामा छैनन् । अहिले किवी कोल्डस्टोरमा राखेर चैत लागेपछि बेसिजनमा बजार पठाउने योजनामा उनी छन् । ‘यस वर्ष १० हजार किलो किवी उत्पादन हुन्छ होला, बेसिजनमा बिक्री गर्दा राम्रै मूल्य आउँछ’, उनले भने ।
खड्काले स्थानीय सरकार तथा प्रदेश सरकार समेतको सहयोगमा किवी खेती सुरु गरेका हुन् । उनको किवी फार्ममा १ करोड रुपैँया लगानी भइसकेको छ ।
खड्काको फार्मले गाउँमा किवी खेतीको प्रवर्धनमा निक्कै सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार बताउँछिन् । बाम्तिमा धेरै किसानले किवी खेती सुरु गरेका बताउँदै उनले सो वडालाई किवीको पकेट क्षेत्र घोषणा गरेर थप खेती प्रवर्धन गर्नुपर्ने बताइन् । ‘गाउँपालिकाले यस्ता किसानलाई प्रोत्साहनका रूपमा अनुदान पनि वितरण गरेका छौँ, यस्ता किसानलाई थप प्रोत्साहन गर्दै लैजाने छौँ’, उनले भनिन् ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार स्थानीय तहमा के काम भइरहेको छ भन्ने कुरा गाउँमा आएर हेर्नुपर्ने बताए । उनले कुरा गरेर मात्रै नहुने बताउँदै उत्पादनको लागि काम नै गर्नुपर्ने सुनुवारले बताए ।
सबै कुरा सरकारले गर्न नसक्ने बताउँदै उनले सरकारले हौसला र टेवा पु¥याउने बताए । उनले किसानहरूलाई उत्पादनमा लाग्ने पनि आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’