नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

२०८२ मङ्सिर ०२ मङ्गलवार
सारांश
  • आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १०  करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।

काठमाडौँ : नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १०  करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।

 

आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज एभरेष्ट बैक डिभेन्चरको शेयर ३.५४ प्रतिशतले घटेको छ । 

 

त्यस्तै आज सबै भन्दा साहास उर्जाको २२ करोड ९१ लाखको कारोबार भएको छ भने बरुण हाइड्रोको १५ करोड ६८ लाख बराबर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार