चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन

२०८२ मङ्सिर ०१ सोमवार
सारांश
  • आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ ।

काठमाण्डौ, १ मङ्सिर । आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

 

त्यस्तै कार्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा कार्तिक महिनामा ७६ अर्ब राजश्व संकलन भएको थियो ।

 

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड संकलन भएको छ ।

 

यस अघि २०८१-८२ आर्थिक बर्षको चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजश्व संकलन भएको थियो ।

  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार