सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा

२०८२ कार्तिक ३० आइतवार
सारांश
  • नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको जानकारी दिएको छ ।

काठमाडौँ : काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । 

 

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । 

 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड भित्रिएको थियो ।

 

त्यसैगरी समीक्षा अवधिमा शोधनान्तर २६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार