नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार

२०८२ कार्तिक २० बिहिवार
सारांश
  • आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज दारम खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ८.१५ प्रतिशतले बढेको छ । त्यसैगरी आज सम्पदा लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३० करोड ९१ लाख बराबर कारोबार भएको छ भने राढ़ी जलविद्युतको शेयर ३० करोड ७६ लाख बराबर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार