राष्ट्र बैंकमा एकै पटक ११ कार्यकारी निर्देशकको सरुवा
२०८२ कार्तिक १८ मङ्गलबार
- जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने भुक्तानी प्रणाली विभागमा रहेका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा लागिएको छ ।
काठमाडौँ : नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ । बुधबारदेखि लागु हुने गरि ११ कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।
जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने भुक्तानी प्रणाली विभागमा रहेका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा लागिएको छ । त्यस्तै वित्तीय संस्था सुपरिभिजन विभागमा रहेका सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा लगिएको छ । त्यसैगरी मानव संशाधन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिभिजन विभागमा पठाइएको छ ।
त्यस्तै हाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी हाल मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको छ । यसैगरी, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लागिएको छ भने हाल गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा लागिएको छ ।
त्यस्तै हाल मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ भने हाल बैकिङ विभागमा रहेका डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ । त्यसैगरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशनकुमार सिग्देललाई बैकिङ विभागकोजिम्मेवारी दिइएको छ ।
१७ जना कार्यकारी निर्देशक रहेको नेपाल राष्ट्र बैंकमा एकैदिन ११ जनाको सरुवा गरिएको छ भने ६ जनालाई यथावत राखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’