सोल्टी होटलले लाभांश घटायो, विस्तार योजनामा ध्यान केन्द्रित
२०८२ कार्त्तिक १२ बुधवार
- कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेलमा ५१औं वार्षिक साधारण सभा बोलाउँदै छ । सभाको समय विहान १० बजे निर्धारण गरिएको छ ।
काठमाडौं : सोल्टी होटल लिमिटेडले यस वर्षका लागि गत वर्षभन्दा कम लाभांश प्रस्ताव गर्दै आगामी विस्तार र सेवा सुधार योजनामा लगानी बढाउने संकेत दिएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१÷८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको छ ।
गत वर्ष भने कम्पनीले ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष लाभांश घटाउनुको कारण कम्पनीको आगामी दीर्घकालीन व्यवसायिक योजना तथा पूँजीगत खर्च वृद्धि रहेको बताइएको छ ।
कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेलमा ५१औं वार्षिक साधारण सभा बोलाउँदै छ । सभाको समय विहान १० बजे निर्धारण गरिएको छ ।
हाल सोल्टी होटलको चुक्तापूँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ र सोही आधारमा लाभांश वितरण गरिनेछ । यसैगरी साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ५ देखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज प्रणालीअनुसार मंसिर ४ गतेसम्म कायम शेयरधनीलाई मात्र सभामा सहभागिता र लाभांश प्राप्तिको अधिकार हुनेछ ।
नेपालको अग्रणी फाइभ–स्टार होटलमध्ये एक सोल्टी होटलले पछिल्लो समय नयाँ बजार विस्तार र सेवा आधुनिकीकरणमा केन्द्रित हुँदै आएको छ । लाभांश घट्नु पनि भविष्यका दीर्घकालीन योजनालाई प्राथमिकता दिएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’