ग्रे लिस्टबाट बाहिर निस्कन एफएटीएफको नेपाललाई सात बुँदे सुझाव
२०८२ कार्त्तिक ०९ आइतवार
- अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन सात बुँदे सुझाव दिएको छ ।
काठमाडौँ, ९ कार्त्तिक । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन सात बुँदे सुझाव दिएको छ । एफएटीएफले ग्रे लिष्टबाट बाहिर निस्किन उच्च राजनीतिक प्रतिबद्धता जनाएको र केहि सुधारका कदम समेत चालेको उल्लेख गरेको छ ।
एफएटीएफले नेपालले यस प्रयासलाई अझै जारी राख्नुपर्ने भन्दै ७ बुँदे सुझाव दिएको छ । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी)सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो ।
एफएटीएफले नेपालले गर्नुपर्ने सात बुँदे सुझाव:
१- मनी–मनी लाउन्डरिङ/आतंकवादी वित्तीयकरण जोखिमहरूको बुझाइमा सुधार गर्नुपर्ने ।
२- बैंक तथा वित्तीय संस्था, उच्च–जोखिम भएका सहकारी संस्था, क्यासिनो, डिलर्स इन प्रेसियस मेटल्स एन्ड स्टोन्स (डीपीएमएस) र रियल–स्टेट क्षेत्रको जोखिमको प्रभावकारी अनुगमन गर्नुपर्ने ।
३- वित्तीय समावेशीकरणमा बाधा नपुग्ने गरी हुन्डीलगायत पैसा ओसारपसार गर्ने अवैध सेवा प्रदायकहरूको पहिचान गरी प्रभावकारी नियमन र कारबाही गर्नुपर्ने ।
४- मनी लाउन्डरिङ छानबिन गर्न शक्तिशाली निकाय स्थापना गर्ने र क्षमता अभिवृद्धि र समन्वय गर्नुपर्ने ।
५- मनी लाउन्डरिङसम्बन्धी छानबिन तथा अभियोजनको संख्या बढाउनुपर्ने ।
६- जोखिम प्रोफाइलअनुरूप, आपराधिक आम्दानी तथा आपराधिक कारोबारमा प्रयोग भएका सम्पत्ति पहिचान, अनुगमन, रोक्का, जफत र आवश्यक परे जफत गर्ने प्रक्रियाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
७- आतंकवादी क्रियाकलाप तथा विनासकारी हातहतियार निर्माण तथा ओसारपसारमा वित्तीय लगानी हुन नदिनका लागि नियामक निकायबाट भएका कमजोरीलाई सुधार गर्नुपर्ने ।
नेपाल गत फेब्रुअरीमा एफएटीएफको पुन: ग्रे लिष्टमा परेको थियो । त्यसअघि नेपाल सन् २०११ म पनि ग्रे लिस्टमा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।