बिटक्वाइनको मुल्य अहिलेसम्मको उच्च

२०८२ असोज २० सोमवार
सारांश
  • आइतबार अमेरिकी बजार मूल्यको हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी उच्चतम बिन्दुमा पुगेको हो ।

काठमाडौँ : क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी रुपमा बढेको छ ।

 

आइतबार अमेरिकी बजार मूल्यको हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी उच्चतम बिन्दुमा पुगेको हो । आइतबार लगभग २.७ प्रतिशतले बढेर १ लाख २५ हजार २४५.५७ डलरमा पुगेको थियो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा बिटक्वाइनको मुल्य एक लाख २४ हजार ४८० सम्म पुगेको थियो ।

 

२००९ मा सातोशी नाकामोतोले बिटक्वाइनलाई सिर्जना गर्दा यसको मूल्य शून्यको नजिक थियो ।  बिटक्वाइनको पहिलो ठूलो मूल्य वृद्धि अक्टोबर २०१० मा भएको थियो । लामो समयसम्म लगभग ०.१० डलरमा स्थिर रहेपछि, बिटक्वाइनको मूल्य बढ्न थाल्यो ।

 

वर्षको अन्त्यसम्ममा, यो ०.३० डलर पुग्यो । २०१३ सम्ममा, यसको मूल्य १००० डलर नाघेको थियो । 

 

पछिल्लो समय राष्ट्रपति ट्रम्पले क्रिप्टो-मैत्री नीतिहरू लागू गरेका छन्, जस्तै क्रिप्टो कम्पनीहरूसँग काम गर्ने बैंकहरूमा प्रतिबन्ध हटाउने निर्णय गरेका कारण क्रिप्टो करेन्सीमा सकारात्मक असर परेको बताइएको छ ।

 

त्यस्तै ठूला संस्थागत लगानीकर्ताहरूले बिटक्वाइन इटीएफमा अर्बौं डलर लगानी गरेका छन्, जसले गर्दा माग बढेको छ । त्यस्तै लन्डन र थाइल्याण्ड जस्ता बजारहरूमा क्रिप्टो इटीएफको स्वीकृतिले पनि तिनीहरूको स्वीकृति बढाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार