आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

२०८२ असोज १७ शुक्रबार
सारांश
  • सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

काठमाडौँ, १७ असोज । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।

 

चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

 

सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

 

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।

 

चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो ।

 

तोकिएको अधिकतम हवाई भाडादर यस्तो छ - 


काठमाडौं–सिमरा: ३,९७८ रुपैयाँ
काठमाडौं–भरतपुर: ४,६४३ रुपैयाँ
काठमाडौं–जनकपुर: ५,४७० रुपैयाँ
काठमाडौं–पोखरा: ६,६३५ रुपैयाँ
काठमाडौं–तुम्लिङटार: ७,६३० रुपैयाँ
काठमाडौं–राजविराज: ८,२१० रुपैयाँ
काठमाडौं–भैरहवा: ८,४६१ रुपैयाँ
काठमाडौं–सुर्खेत: ९,०३० रुपैयाँ
काठमाडौं–विराटनगर: ९,७८५ रुपैयाँ
काठमाडौं–भद्रपुर: १२,११२ रुपैयाँ
काठमाडौं–नेपालगञ्ज: १३,१०३ रुपैयाँ
काठमाडौं–धनगढी: १७,५७९ रुपैयाँ


प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार