- भदौ ३० गतेदेखि असोज ५ गतेसम्म खुला गरिएको आइपिओमा कुल २१ लाख ९३ हजार ८२३ सदर आवेदन परेका थिए । आवेदन दिएका ३२ हजार ११ आवेदन अस्वीकृत भएका थिए ।
काठमाडौँ : सागर डिष्टिलरी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । आइतबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा भएको लक्की ड्र बाट एक लाख १९ हजार ६४ जनालाई १०-१० कित्ताका दरले शेयर परेको छ ।
भदौ ३० गतेदेखि असोज ५ गतेसम्म खुला गरिएको आइपिओमा कुल २१ लाख ९३ हजार ८२३ सदर आवेदन परेका थिए । आवेदन दिएका ३२ हजार ११ आवेदन अस्वीकृत भएका थिए ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरुका लागि, ३ प्रतिशत कम्पनिकाया कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डसहित लगानी कर्तालाई कम्पनिहरुलाई दिइएको थियो भने बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्साधारणका लागि खोलिएको थियो ।
सागर डिष्टिलरी लिमिटेडलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।
सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका-१ मा कर्पोरेट कार्यालय रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।