शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद लम्ब्याइयो

२०८२ असोज ०८ बुधवार
सारांश
  • हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

काठमाडौँ, ८ असोज । शिवश्री हाइड्रोपावरले जारी गरेको १:१  अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।

 

कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।

 

साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ ।

 

हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार