- मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ ।
काठमाडौं : शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।
यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ ।
आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड र भिजन लुम्बिनी उर्जा कम्पनी को मूल्य करिब ८ प्रतिशत बढ्यो भने उन्नती सहकार्य लघुवित्त को शेयर मूल्य ५.३८ प्रतिशत घटेर सबैभन्दा धेरै गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो जसको कारोबार २२ करोड १३ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब १७ करोड ३२ लाख र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
आज कुल १३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन, म्युचुअल फण्ड) मात्र बढे भने बाँकी ११ उपसमूह घटेका छन् । यस दिन अन्य उपसमूह सर्वाधिक २.१६ प्रतिशतले घटेका छन् । साथै विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन् । समग्रमा, आज बजारमा सीमित कम्पनीका शेयर बढे पनि अधिकांश उपसमूह र कम्पनीहरूको मूल्य घटेको दिन रह्यो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।