व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन चेम्बरको आग्रह

२०८२ असोज ०२ बिहीवार
सारांश
  • आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ ।

 

अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा । 

 

गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यक्तामा जोड दिएको हो । 

 

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । 

 

उनले भने- 'मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भिर प्रश्न उव्जाएको छ ।'

 

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपुर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए । 

 

वर्तमान अवस्थामा सरोकारवाला गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदान प्रदानका लागि विशेष संयन्त्र बनाईनुपर्ने चेम्बरले उल्लेख गरेको छ । प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ ।

 

चेम्बरद्धारा गृहमन्त्री अर्याललाई दिईएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापन सम्वन्धी तालिम सुरक्षा निकायलाई उपलव्ध गराउन आवश्यक देखिएको छ ।’

 

यस्तै आर्थिक सुरक्षासंग सम्वन्धित जनचेतनामुलक कार्यक्रम संचालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुननिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ ।

 

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

 

आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरुमा आन्तरिक परिपत्र जारी गरिसकेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार